Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


रुकुम पश्चिममा काठले च्यापिएर एक जनाको निधन


117
Shares

काठमाडाैं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-११ मा काठले च्यापिएर एक जनाको मृत्यु भएको छ ।

स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको काठ निकाल्ने क्रममा शुक्रबार च्यापिएर ७५ वर्षीय सरुन ओलीको मृत्यु भएको हो । काठको गेली पल्टाउने क्रममा च्यापिएर बुबाको मृत्यु भएको मृतकका छोरा ओपीराम ओलीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएकाे छ।