Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


काठमाडाैं उपत्यकाकाे वायु प्रदूषण फेरि बढ्यो


364
Shares

काठमाडाैं । वर्षाले केही घटेको काठमाडाैं उपत्यकाकाे वायु प्रदूषण फेरि बढेको छ।

अहिले काठमाडाैंको वायुको गुणस्तर मापन एक्यूआई १ सय ५० भन्दा माथि पुगेको हाे। यसअघि शुक्रबार बिहान वायुको गुणस्तर एक्यूआई सय भन्दा तल थियो । काठमाडाैंमा अहिले मधुरो घाम लागको छ । जसले गर्दा मौसम पूर्ण रुपमा सफा हुन सकेको छैन । आकाशमा हल्का तुवालो लागेकाे हाे। जसले प्रदूषण केही बढाएको छ ।

वायु गुणस्तर सूचकांक अनुसार ५० सम्म हुँदा राम्रो, ५१–१ सय हुँदा मध्यम, १ सय १–१ सय ५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १ सय ५१–२ सय अस्वस्थ र २ सय १–३ सय निकै अस्वस्थ मानिन्छ ।