Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


बारासहित मधेशमा रास्वपाको उदय (भिडियाे रिपोर्ट)


156
Shares

बारा, प्रकाश लम्साल । कांग्रेस, एमाले र मधेशकेन्द्रित दलहरूको बलियो आधार मानिएको बारामा यस पटकको प्रतिनिधिसभा निर्वाचनमा जनादेश फेरिएको छ ।

पुराना दलका अधिकांश उम्मेदवारले जमानत समेत गुमाउँदा सिंगो मधेशबाट रास्वपा नयाँ शक्तिको रुपमा उदाएको छ । मुलुकमा ब्याप्त भ्रष्टाचार, कुशासन, जनसेवामा देखिएको ढिलासुस्ती र नयाँ नेतृत्वको आकांक्षाले मधेशमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अरु सबैलाई बढारेको हो ।

बारा जिल्लाका ४ वटा निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा रहेका ११० जना उम्मेदवारमध्ये ९९ जनाको जमानत जफत भएको छ । मुख्य भनिएका कांग्रेस एमालेसहित मधेशवादी दलहरुले जिल्लाका सबै निर्वाचन क्षेत्रहरूमा वर्चस्व गुमाउँदा प्रत्यक्षसँगै समानुपातिक तर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लोभलाग्दो मत ल्याएको छ । स्थानीयको जिवनस्तरसंगै राज्यका निकायहरुमा सुधार हुन नसके पछि पुराना दलहरू आधारभूमिमै कमजोर बनेको स्थानीयको बुझाई छ ।