काठमाडाैं । मध्यपूर्वमा चर्किएको द्वन्दको असर नेपालका भान्सासम्मै आईपुगेको छ ।
इजरायल–अमेरिका र इरानबीच १३ दिनदेखि चलिरहेको लडाईका कारण एलपी ग्यासको अभाव चुलिएपछि नेपाल आयल निगमले खाना पकाउने ग्यास अब आधा सिलिन्डर मात्रै बजारमा पठाउने निर्णय गरेको छ ।
निगम सञ्चालक समितिको बिहिबार बसेको बैठकले आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको हो । उपभोक्ताले आवश्यकभन्दा बढी परिणाममा ग्यास सिलिण्डर भण्डारण गर्न थालेपछि आधा सिलिन्डर मात्रै ग्यास बजारमा पठाउने निर्णय गर्नुपरेको आयल निगमको तर्क छ ।
पछिल्ला दुई महिनादेखि नै नेपाली बजारमा ग्यास अभाव देखिएकोमा पश्चिम एसियामा बढ्दो द्वन्द्वले थप अभाव चर्किएको छ । जसका कारण उपभोक्ताले अनावश्यक भण्डारण गर्ने प्रवृत्ति पनि बढेको छ । निगमले इण्डियन आयल निगमसँग किनेर ग्यास बिक्री गर्दै आइरहेको छ ।
तर भारतबाट माग अनुसारको ग्यास आउन छाडेको छ । नेपालमा औसत दैनिक १२० बुलेट ग्यास आवश्यक पर्दछ । हाल करिब दैनिक ८० वटा बुलट मात्रै आइरहेको छ ।







प्रतिक्रिया दिनुहोस्