Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा एक पक्राउ


4.6k
Shares

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–१३ बाँझापाटन बस्ने ४३ वर्षीय विकास गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनलाई वडा नम्बर ९ महेन्द्रपुलबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक हरीबहादुर बस्नेतले जानकारी दिए।

प्रहरीका अनुसार गुरुङ यसअघि तीन पटक लागुऔषध मुद्दामा सजाय पाएको अभिलेखमा देखिएको छ। पृथ्वीचोकमा महावीर पुनसहितको टोलीले “महावीर पुन सम्झना, सपना र अविरल यात्रा” पुस्तक बिक्री गरिरहेको बेला उनले अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।