Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


शेयर बजारमा दोहोरो अंकको वृद्धि


143
Shares

काठमाडाैं ।

साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ ।

विहान केही बेर घटेको बजार परिसूचक नेप्से दिनभरको उतार चढावकाबीच २३.८७ अंक बढेर २८२०.४४ विन्दुमा पुगेको हो । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये होटल तथा पर्यटन, निर्जीवन वीमा र अन्य उपसमूह बाहेक अरु १० वटा उपसमूह बढेका छन् । बढेका उपसमूहहरुमा बैंकिङ उपसमूह सर्वाधिक २ दशमलव ०२ प्रतिशतले बढेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, होटल फरेष्ट इन र नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । घटेका स्टकहरुको मूल्य गिरावट दर पनि ४ प्रतिशतभन्दा कम रहेको छ ।

दिनभरमा ३३५ वटा स्टकको चार करोड १६ लाख ८६ हजार कित्ता शेयर १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा आज नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक ६७ करोड ७९ लाख रुपैयाँ बराबर र एचआइडीसीएलपी को ५७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।