काठमाडौं । कञ्चनपुरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बेदकोट नगरपालिका–७ को लालपुरमा से १ च १४०५ को जिप र म २ प ३५०६ को मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ ।
प्रहरीका अनुसार उनीको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । उनीजनाको परिचय खुल्न बाँकी छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे छ ।







प्रतिक्रिया दिनुहोस्