Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


स्पेनका विभिन्न क्षेत्रका ग्यास स्टेशनमा इन्धनको मूल्य बढ्याे


182
Shares

एजेन्सी । स्पेनका विभिन्न क्षेत्रका ग्यास स्टेशनहरूमा हालै इन्धनको मूल्य बढेको छ ।

विश्वव्यापी तेलको मूल्यमा आएको उतारचढाव र मध्यपूर्वमा बढेको भूराजनीतिक तनावका कारण मूल्य वृद्धि भएको हो । जसले गर्दा जीवनयापनको लागत बढ्ने भन्दै जनमानसमा चिन्ता छाएको छ । दुई हप्ताअघि डिजेलको मूल्य प्रतिलिटर करिब १ दशमलव ५७ युरो थियो । तर अहिले बढेर १ दशमलव ८५ युरो पुगेको हाे । जुन करिब ३० सेन्टको वृद्धि हो ।

अन्य अन्तर्वार्तादाताहरूले इन्धनको मूल्यमा भएको यो वृद्धिले यात्रा खर्च मात्र नबढाई ढुवानी (लजिस्टिक) को लागत पनि बढाउन सक्ने बताएका छन् । जसको असर अन्ततः खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा देखिन सक्छ ।

केहीले भने तनाव जारी रहेमा तेलको मूल्य अझै बढ्न सक्ने र यसले अर्थतन्त्र तथा मानिसहरूको जीविकोपार्जनमा थप दबाब सिर्जना गर्ने चिन्ता पनि व्यक्त गरेका छन् ।