काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक नतिजा र आफ्नो पार्टीले अपेक्षा गरे अनुसारको सिट हासिल गर्न नसकेपछि हार स्वीकार गर्नुभएकाे छ।
अध्यक्ष ओलीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे स्वीकार गर्नुभएकाे हाे । उहाँले निर्वाचनमा आफू र आफ्नो पार्टीले सोचे जस्तो परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्नुभयाे। लोकतन्त्रमा जनताको फैसला नै अन्तिम हुने बताउँदै उहाँले प्राप्त जनमतलाई पूर्ण सम्मानका साथ शिरोधार्य गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ। निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि पार्टीको चुनाव चिन्ह सूर्यमा मतदान गर्ने सम्पूर्ण मतदाता, नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूलाई उहाँले विशेष धन्यवाद समेत दिनुभएकाे हाे ।
कठिन परिस्थितिमा पनि साथ दिने समर्थकहरूको विश्वास नै आफ्नो मुख्य शक्ति भएको उल्लेख गर्दै अध्यक्ष ओलीले जनताप्रतिको सेवा भाव र प्रतिबद्धतामा कुनै कमी नआउने स्पष्ट पार्नुभएकाे छ। हारबाट विचलित नभई आगामी दिनमा पनि जनताकैबीचमा रहेर काम गर्ने र यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने उहाँको भनाइ थियाे ।
निर्वाचनमा अपेक्षित सफलता नमिले पनि जनताको मतलाई लोकतान्त्रिक अभ्यासको रूपमा लिँदै उहाँले आगामी राजनीतिक यात्रालाई थप सक्रिय बनाउने संकेत गर्नुभएकाे छ। फेसबुक पोस्टको अन्त्यमा अध्यक्ष ओलीले हृदयदेखि नै सबै समर्थकलाई आभार व्यक्त गर्दै चुनावी परिणामले पार्टीको जनसेवाको यात्रालाई नरोक्ने बताउनुभयाे ।
एमालेका अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत यस्ताे लेख्नुभएकाे छ:








प्रतिक्रिया दिनुहोस्