काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ।
बुधबार प्रतितोला दुई हजार रूपैयाँ बढेको सुनको मूल्य बिहीबार प्रतितोला दुई हजार रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला तीन लाख १७ हजार रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। बुधबार सुन प्रतितोला तीन लाख १९ हजार रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बिहीबार घटेको छ। बुधबार चाँदी प्रतितोला पाँच हजार सात सय २० रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी बिहीबार प्रतितोला पाँच हजार पाँच सय १५ कारोबार भइरहेको छ। साेही मूल्य बुधबारको तुलनामा प्रतितोला दुई सय पाँच रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस पाँच हजार एक सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।







प्रतिक्रिया दिनुहोस्