काठमाडाैं । विश्व मृगाैला दिवस बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रमकाे आयाेजना गरी मनाइँदैछ ।
प्रत्येक वर्ष मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइन्छ । दिवसको मुख्य उद्देश्य मृगाैला स्वास्थ्य सम्बन्धी जनचेतना जगाउनु र यसका रोगहरूको जोखिम कम गर्नु हो । मृगाैला शरीरको निकै संवेदनशील अङ्ग हो जसको हेरचाह र प्रारम्भिक परीक्षणले रोग लाग्नबाट जोगाउन सक्छ । यो दिवसले मिर्गाैला स्वास्थ्यप्रति सचेत रहन र स्वस्थ्य जीवनशैली अपनाउन जोड दिन्छ ।
नेपालमा करिब ३० लाख भन्दा बढी मानिसमा मृगाैला सम्बन्धी समस्या भएको अनुमान छ । वर्षेनी ३ हजार जनाकाे मृगाैला फेल हुने गरेको हाे । मृगाैला बिग्रिन सक्ने विभिन्न कारणहरू भएकाले यसको विशेष हेरचाह र सचेतना आवश्यक छ । मृगाैला रोगका लक्षणहरू नदेखिँदै यसको जोखिम बढ्न सक्ने भएकाले समयमै परीक्षण गराउनुपर्ने चिकित्सकहरुले सुझाव दिएका हुन् ।
मृगाैला स्वस्थ्य राख्न दैनिक रुपमा तीन लिटर पानी पिउन तथा मधुमेह र उच्च रक्तचापलाई सन्तुलनमा राख्न चिकित्सकहरूको सल्लाह छ ।







प्रतिक्रिया दिनुहोस्