Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


पाकिस्तानका प्रधानमन्त्री शरीफले दिए रास्वपा सभापति लामिछाने र नेता बालेनलाई बधाई

नवनिर्वाचित नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न पाकिस्तान इच्छुक रहेकाे तर्क

390
Shares

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहित पार्टीलाई भर्खरैको आमचुनावमा प्राप्त सफलताका लागि बधाई दिनुभएकाे छ।

उहाँले सामाजिक संजालमार्फत बुधबार राति सभापति लामिछाने र नेता बालेनलाई बधाई दिनुभएकाे हाे । प्रधानमन्त्री शरीफले रास्वपा नेताद्वयलाई बधाई दिदै याे जनादेश नेपाली नागरिकले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री शरीफले पाकिस्तान र नेपालबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन नवनिर्वाचित नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न पाकिस्तान इच्छुक रहेको समेत उल्लेख गर्नुभयाे ।