काठमडाैं । माल्दिभ्समा आगामी चैत ९ देखि २१ गतेसम्म आयोजना हुने साफ यू–२० पुरूष फुटबल च्याम्पियनसिपमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएकाे छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार सार्वजनिक गरेको तालिका अनुसार नेपालको पहिलो खेल मार्च २३ तारिखमा भुटानसँग हुने भएकाे हाे। च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा नेपाल, भुटान, माल्दिभ्स र श्रीलङ्का रहेको हुन् । नेपालले दोस्रो खेल मार्च २५ मा श्रीलङ्का र मार्च २७ मा माल्दिभ्ससँग खेल्ने भएकाे छ । त्यस्तै, समूह ‘बी’ मा भारत, बङ्गलादेश र पाकिस्तान रहेको हुन्। राउन्ड रोबिन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघिनै २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसकेको छ ।
नेपाली टोलीमा धर्बेन्द्र कुँवर (कप्तान), अलिक श्रेष्ठ, अनुभव पुरी, भक्तबहादुर परियार, विजय उराँव, विज्ञान खड्का, विनायक थारू, गणेश पुलामीमगर, जोन विष्ट, निशान राज लवाट, पवन पाख्रिन, पेम्बा नुर्बु भोटे, प्रशान्त मोक्तान, प्रसुन तामाङ, रणजित लामा, रोहन मोक्तान, रोशन तामाङ, सबिन कुमार लुङ्गेली मगर, सबिन राई, सिद्धान्त खड्का, सुबास बम, सुजन डङ्गोल र सुजन बस्नेत रहेकाे एन्फाले जनाएकाे हाे ।







प्रतिक्रिया दिनुहोस्