काठमाडाैं । पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट २०२६ को उद्घाटन र फाइनल खेल दुवै लाहोरको गद्दाफी स्टेडियममा हुने भएको छ ।
पाँच वर्षमा चौथो पटक गद्दाफी स्टेडियममा पीएसलको फाइनल खेल हुने भएको हो । ११औँ संस्करणको पीएसएल यहि मार्च २६ देखि आगामी मे ३ तारिखसम्म हुने भएकाे छ । प्रतियोगितामा पहिलो पटक ८ वटा टोली सहभागी हुने भएका छन् । प्रतियोगितामा पाकिस्तानका ६ वटा शहर–लाहोर, कराँची, रावलपिन्डी, मुल्तान, फैसलाबाद र पेशावरमा सञ्चालन हुने भएका हुन्छ ।
टोलीहरूको सङ्ख्या बढेसँगै प्रतियोगिताको ढाँचामा परिवर्तन आएको छ । पहिलो पटक सबै टोलीले एक-अर्कासँग दुई पटक खेल्ने छैनन् । पीएसएलमा लाहोर कलन्दर्स साविक विजेता हो । लाहोरले भने पछिल्ला चार संस्करणमध्ये तीन पटक उपाधि जितेको छ । यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई इस्लामावाद युनाइटेडले टोलीमा अनुबन्ध गरेको छ ।







प्रतिक्रिया दिनुहोस्