Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


राष्ट्रिय लिग फुटबलमा आज दुई खेल हुँदै

पहिलाे चरणमा न्युरोड टिम (एनआरटी) ले लालिगुराँस एसोसिएसनकाे सामना गर्दै

117
Shares

काठमाडाैं । एन्फा राष्ट्रिय लिग फुटबलमा बुधबार दुई वटा खेल हुने भएकाे छन् ।

पहिलो खेलमा न्युरोड टिम (एनआरटी) ले पोखराको लालिगुराँस एसोसिएसनकाे सामना गर्ने भएकाे हाे । दोस्रो खेलमा भने ललितपुरका दुई टोली जावलाखेल युथ क्लब र सातदोबाटो युवा क्लबबीच प्रतिस्पर्धा हुने भएकाे छ । यी दुवै खेल सातदोवाटोस्थित एन्फा मैदानमा हुने भएका हुन् ।

यसअघि मंगलबारको खेलमा नव जनजागृति क्लबलाई ४-० ले गाेलले पराजित गर्दै मच्छिन्द्र क्लब तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिगमा ९ खेलबाट मच्छिन्द्रको २१ अंक भएको हाे । समान खेलबाट २० अंक जोडेको त्रिभुवन आर्मी क्लब तालिकाको दोस्रो स्थानमा रहेको छ ।