काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।
समानुपातिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो अग्रता बनाईरहेको हाे । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ १ करोड ७ लाख ३९ हजार ७ सय १५ मतगणना हुँदा रास्वपाले ५१ लाख ३९ हजार २ सय ३५ मत कटाएको छ । कांग्रेसले १७ लाख ४९ हजार ५ सय ८३, एमालेले १४ लाख ४८ हजार ८ सय ५४ मत पाएको छ ।
त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ८ लाख ५ हजार ७ सय ७३ , श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६ सस ४९ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २९ हजार ४ सय ७२ मत प्राप्त गरेकाे हाे । यी ६ वटा राजनीतिक दलहरुले अहिलेसम्म समानुपातिकको थ्रेसहोल्ड कटाएका छन् ।
समानुपातिकमा मत पाउने अरु ५१ वटा दल रहे पनि उनीहरुले थ्रेसहोल्ड पार गर्ने सम्भावना छैन । साेही दलहरुले प्राप्त गरेको मत करिब ८ लाख रहेको छ ।








प्रतिक्रिया दिनुहोस्