Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


कांग्रेसले आफ्ना राष्ट्रियसभाका नवनिर्वाचित सांसदसँग आज छलफल गर्दै


767
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले बुधबार आफ्ना राष्ट्रिय सभाका बहालवाला तथा नवनिर्वाचित सदस्यहरूबीच परिचयात्मक एवं अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएकाे छ।

साेही कार्यक्रम बुधबार दिउँसो २ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा हुने कांग्रेसका एक नेताले बताएका हुन् । कार्यक्रममा संसदीय दलका प्रमुख सचेतक र अन्य नेतृत्वले नवनिर्वाचित सदस्यहरूलाई स्वागत गर्दै पार्टीको संसदीय रणनीति, राष्ट्रिय सभाको भूमिका र आगामी दिनमा गर्नुपर्ने सामूहिक प्रयासकाे बारेमा छलफल गर्ने भएकाे छ ।

साेही कार्यक्रममा बहालवाला सदस्यहरूले आफ्ना अनुभव साटासाट गर्ने र नवनिर्वाचित सदस्यहरूलाई संसदीय प्रक्रिया, विधेयक निर्माण तथा राष्ट्रिय महत्वका विषयमा सहयोग गर्ने जनाइएकाे छ ।