काठमाडाैं । संयुक्त राष्ट्रसंघले आराेग्य दिवस सम्बन्धी नेपालको प्रस्ताव पारित गरेको छ ।
महासभाले बुधबार साेही प्रस्ताव पारित गरेको हो । अब विश्वका विभिन्न देशमा हरेक वर्ष अप्रिल १५ तारिखमा यो दिवस मनाइने भएकाे छ । राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले नेपालले गरेको प्रस्तावमा स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, साँस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख गर्नुभयाे ।
राजदूत थापाले आरोग्य दिवससम्बन्धी प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणाली प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको बताउनुभएकाे छ। साेही प्रस्ताव पारित गर्ने प्रक्रियामा सहयोग र समर्थन गर्ने देशहरूप्रति आभार व्यक्त गर्दै राजदूत थापाले यो नेपालका लागि महत्त्वपूर्ण कूटनीतिक उपलब्धि भएको बताउनुभयाे ।







प्रतिक्रिया दिनुहोस्