काठमाडौं । राष्ट्रिय लिग फुटलमा शीर्ष डिभिजन मनाङ मर्स्याङ्दी क्लब विजयी भएकाे छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा मंगलबार राति भएकाे खेलमा मनाङले चित्लाङ फुटबल क्लबलाई २–० गाेलले पराजित गरेको हाे। मनाङलाई जित दिलाउन शाईरब लो तामाङ र सुमित मल्लले समान एक गोल गरेका थिए। मनाङले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ४९औँ मिनेटमा शाईरबले मनाङलाई अग्रता दिलाएका हुन् ।
इन्जुरी समयमा सुमितले अग्रतालाई दोब्बर बनाउँदै टोलीको जित सुनिश्चित गरेका हुन् । याे जितसँगै मनाङले प्रतियोगितामा १२ अंक जोडेको छ । मनाङले १० खेल खेल्दा समान तीन जित र बराबरी र चार हारसहित यो नतिजा आत्मसाथ गरेको हो । पराजित चित्लाङ भने नौ खेल खेलिसक्दा पनि अंकविहीन रहेकाे छ। ।







प्रतिक्रिया दिनुहोस्