Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


अस्ट्रेलिया सरकारले ५ जना इरानी महिला फुटबल खेलाडीलाई दियाे शरण


1.2k
Shares

काठमाडाैं । अस्ट्रेलिया सरकारले ५ जना इरानी महिला फुटबल खेलाडीलाई शरण दिएको छ ।

अस्ट्रेलिया सरकारले एशियन कपबाट बाहिरिएपछि इरानी महिला फुटबल टोलीका पाँच सदस्यलाई मानवीय भिसा दिएको जनाएको हाे । अध्यागमन मन्त्री टोनी बर्कले अस्ट्रेलियाली प्रहरीले महिलाहरूलाई सुरक्षित ठाउँमा सारेको बताउनुभएको छ ।इरानी महिला फुटबल टोलीका पाँच सदस्य घर फर्कनुपर्ने थियो । तर गएको हप्ता दक्षिण कोरियासँगको खेलअघि टोलीले राष्ट्रिय गान गाउन अस्वीकार गरेपछि समर्थकहरूले उनीहरूको सुरक्षाका लागि चिन्ता व्यक्त गरेका थिए ।

यो घटनापछि इरानभरि आलोचना बढेको छ । एक रूढिवादी टिप्पणीकारले टोलीलाई युद्धकालीन देशद्रोही भएको आरोप लगाउँदै कठोर सजायका लागि जोड दिएका हुन् । अस्ट्रेलियाको मानवीय भिसा कार्यक्रमले शरणार्थी र मानवीय आवश्यकतामा परेका मानिसहरूलाई स्थायी सुरक्षा प्रदान गर्दछ । त्यस्तो भिसा भएकाहरूले अस्ट्रेलियामा बस्न, काम गर्न र अध्ययन गर्न पाउने व्ववस्था रहेकाे छ ।