Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


नेपाली बजारमा आज सुनचाँदीको मूल्य फेरी ह्वात्तै बढ्याे


1.6k
Shares

काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य फेरी ह्वात्तै बढेको छ।

सोमबार प्रतितोला तीन हजार सात सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला तीन हजार आठ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला तीन लाख १७ हजार दुई सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। सोमबार सुन प्रतितोला तीन लाख १३ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी मंगलबार प्रतितोला पाँच हजार सात सय २० कारोबार भइरहेको छ। यो मूल्य साेमबारको तुलनामा प्रतितोला तीन सय १० रूपैयाँले बढेको हो। सोमबार चाँदी प्रतितोला पाँच हजार चार सय १० रूपैयाँमा कारोबार भएको थियाे ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस पाँच हजार एक सय ६७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।