काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५० लाख ११ हजार ८ सय ९१ मत कटाएकाे छ ।
निर्वाचन आयाेगकाे पछिल्लाे विवरण अनुसार हालसम्म १ कराेड ४ लाख ३८ हजार ५ सय ७० मतगणना हुँदा रास्वपाले ५० लाख ११ हजार ८ सय ९१ मत प्राप्त गरेकाे हाे। त्यस्तै , नेपाली कांग्रेसले १६ लाख ९४ हजार ५ सय ८४, नेकपा एमालेले १४ लाख १२ हजार ८ सय ५३, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ७ लाख ६७ हजार ९ सय ९९, श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४ सय ६७ , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २५ हजार ३ सय २४ मत प्राप्त गरेको छ ।
साेही परिणाम अनुसार रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले ३ प्रतिशत थ्रेसहोल्ड पूरा गरेका छन् ।प्रतिनिधिसभा निर्वाचनमा करिब १ करोड १० लाख मत खसेको थियो । आयाेगले मंगलबार बेलुकासम्म समानुपातिकतर्फकाे सबै मत गनिसक्ने जनाएकाे हाे ।








प्रतिक्रिया दिनुहोस्