Logo २५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026


निर्वाचन आचारसंहिता आज राति १२ बजेदेखि निष्क्रिय हुने


819
Shares

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लगाइएकाे ‘निर्वाचन आचारसंहिता,आज राति १२ बजेदेखि लागू नहुने निर्णय गरेकाे छ ।

आयोगले गत माघ ४ गते राति १२ बजेदेखि लागू गरेको निर्णय आज रातिदेखि समाप्त हुने प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएक छन् ।

गत माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १ को उपदफा ९२० बमोजिम आचारसंहिताको व्यवस्था गत माघ ४ गते रातिदेखि अर्को सूचना जारी नभएसम्मका लागि लागू गरिएको थियो ।

गत माघ ४ गतेको आयोगको निर्णयअनुसार त्यसै राति १२ बजेदेखि आचारसंहिता लागू भएको थियो । उक्त आचारसंहिता आज रातिदेखि निष्क्रिय हुने आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।