काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।
निर्वाचन आयाेगले करिब १ करोड १० लाख मध्ये ८० लाख भन्दा बढी मतगणना भएको जानाएकाे हाे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३८ लाख ५७ हजार, नेपाली कांग्रेसले १३ लाख ७ हजार, नेकपा एमालेले ११ लाख ७ हजार र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ५ लाख ६९ हजार मत पाएका छन् ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीको मत ३ लाख हाराहारी पुग्न लागेको छ । श्रम संस्कृतिको २ लाख ७५ हजार र राप्रपाको २ लाख ६९ हजार मत पुगेको छ । अब करिब ३० लाख मत गन्न बाँकी रहेकाे आयाेगले जनाएकाे हाे ।
प्रत्यक्ष मतदानमा करिब १ सिट जित्ने राजनीतिक दलले समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत ल्याएमा यो प्रणालीतर्फ सिट पाउँछ । सिट सङ्ख्याको अन्तिम निर्णय निर्वाचन आयोगले गर्छ । खसेको र सदर मतको अनुपात हेर्दा अन्तिम मतगणना हुँदासम्म ३ लाख १६ हजार जति मत पाउने दल समानुपातिक सूचीका लागि योग्य हुने देखिन्छ ।
राप्रपा र श्रम संस्कृति पार्टीको ३ लाख मत कट्न बाँकी रहेकाे छ ।







प्रतिक्रिया दिनुहोस्