Logo २५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026


इजरायली सेनाकाे हवाई आक्रमणमा परी पूर्वीलेबनानमा ज्यान गुमाउनेको संख्या ४१ पुग्यो, ४० जना घाइते


663
Shares

एजेन्सी । इजरायली सेनाकाे हवाई आक्रमण र झडपमा परी पूर्वी लेबनानको नाबी चित गाउँमा मृत्यु हुनेको संख्या ४१ जना पुगेको छ।

जनस्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले आक्रमणमा परी अन्य ४० जना घाइते भएकाे जनाएकाे हाे । केन्द्रले एक विज्ञप्ति जारी गर्दै बालबेक जिल्लाको नाबी चित र वरपरका सहरहरूलाई लक्षित गरी इजरायलले गरेको शृंखलाबद्ध आक्रमणका कारण हताहती भएकाे बताएकाे छ । स्थानीय बासिन्दाहरू पनि इजरायली सेनाको सामना गर्न हिजबुल्लाह सदस्यहरूसँग सामेल भएका थिए ।

इजरायली लडाकु विमान र हेलिकाेप्टरहरूले पछि गाउँ र वरपरका क्षेत्रमा करिब ४० हवाई आक्रमण गरेका थिए । नोभेम्बर २७, २०२४ मा युद्धविराम लागू भएयता हिजबुल्लाहले सोमबार लेबनानबाट इजरायलतर्फ रकेट प्रहार गरेपछि यो तनाव बढेको हो । साेही समूहको याे पहिलो यस्तोआक्रमण भएकाे जनाइउकाे छ । त्यसयता इजरायलले हिजबुल्लाहविरुद्ध आक्रामक सैन्य अभियान भन्दै भारी हवाई आक्रमणका साथै सीमामा स्थलगत घुसपैठ शुरु गरेको हाे ।

इजरायलले लिटानी नदीको दक्षिण र बेरुतको दक्षिणी उपनगरका क्षेत्रहरू खाली गर्न समेत चेतावनी दिएको छ ।