काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनकाे समानुपातिकतर्फ ७५ लाखद भन्दा बढी मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब आधा मत प्राप्त गरेकाे छ।
निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ ७६ लाख १२ हजार ७६२ मतगणना भएको हाे । जसमध्ये रास्वपाले साढे ४८ प्रतिशत अर्थात ३६ लाख ४४ हजार ४ सय २ मत मत प्राप्त गरेकाे छ । त्यसैगरी नेपाली कांग्रेसले १२ लाख २८ हजार ९ सय २५, नेकपा एमालेले १० लाख ३८ हजार ३ सय ३५ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ५ लाख ३३ हजार ७ सय ३ मत प्राप्त गरेका हुन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ लाख ५६ हजार ८ सय ३८ मत ल्याउँदा श्रम संस्कृति पार्टीले २ लाख ३९ हजार १० र जनता समाजवादी पार्टी (जसपा) नेपालले १ लाख ८ हजार १ सय ३२ मत ल्याएका छन् । प्रतिनिधिसभा चुनावमा करिब १ करोड १० लाख मत खसेको आयाेगले जनाएकाे हाे ।







प्रतिक्रिया दिनुहोस्