काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।
अब ४ सिटको मात्रै नतिजा आउन बाँकी रहेको निर्वाचन आयाेगले जनाएकाे हाे । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेले १-१ सिटमा अग्रता बनाइरहेका छन् । रास्वपाले गोरखा-१ मा, नेपाली कांग्रेसले इलाम-१ मा तथा नेकपा एमालेले सङ्खुवासभा-१ मा अग्रता बनाइरहेको छ । धनुषा-१ को भने मतपरिणाम हाल सार्वजनिक नगर्ने निर्वाचन आयोगले निर्णय गरेको हाे ।
हालसम्म रास्वपाले सर्वाधिक १ सय २४ सिट जितिसकेको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले १७ र तेस्राे स्थानमा रहेकाे एमालेले ८ सिट जितेको हुन् । नेपाली कम्युनिस्ट फार्टी ७ सिटसहति चौथो स्थानमा रहेकाे छ ।
श्रम संस्कृति पार्टीले ३ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको हाे । १ जना स्वतन्त्र उम्मेदवार विजयी भएकाे आयाेगले जनाएकाे छ ।








प्रतिक्रिया दिनुहोस्