काठमाडाैं । हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
साेमबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशको पहाडी-हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी पहाडी भू-भागमा आंशिक बादल लागेको छ । तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको छ। कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा भईरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।
त्यस्तै, सोमबार दिउँसो भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी -हिमाली भू-भामामा साधारणतया बादल लाग्नेछ। साथै बाँकी भू-भागमा भने आंशिक बादल लाग्ने भएका हाे । कोशी, मधेश, बागमती, गण्डकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
त्यस्तै, साेमबार राति भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साधरणतया बादल लाग्ने भएकाे हाे । साथै बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। गण्डकी , कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी-हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।







प्रतिक्रिया दिनुहोस्