Logo २५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026


रामेछापमा रास्वपा डा.कृष्णहरी बुढाथोकी विजयी


338
Shares

रामेछाप । प्रतिनिधि सभाको निर्वाचनमा रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डाक्टर कृष्णहरी बुढाथोकी विजय हुनु भएको छ । बुढाथोकीले एमाले उम्मेदवार माधव प्रसात ढुङ्गेललाई मतले पछि पार्दै विजयी हुनु भएको हो ।

रामेछापमा कुल १ लाख ८७ हजार ९ सय ५२ मतदाता मध्ये फागुन २१ गते भएको मतदानमा ९० हजार ७ सय १० जनाले मतदान गरेका थिए ।

मतदान भएको मध्ये रास्वपा उम्मेदवार बुढाथोकीले २४ हजार ८ सय ८ मत प्राप्त गर्नु भएको थियो । एमाले उम्मेदवार माधव ढुङ्गेलले १७ हजार ६ सय ९ मत काग्रेसका उम्मेदवार रामचन्द्र खड्काले १६ हजार ३ सय ७ मत नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार श्याम कुमार श्रेष्ठले १३ हजार ३ सय ५४ मत उज्यालो नेपाल पार्टीका उम्मेदवार दिप बहादुर योन्जनले ७ हजार २ सय १० मत¸ श्रम संस्कृति पार्टीका उम्मेदवार ढाल बहादु खप्पाङ्गी मगरले १३ सय ३६ मत प्राप्त गरेका थिए ।

भने रामेछापमा ५ हजार ४८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।