Logo २५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026


श्रम संस्कृति पार्टीको उदय : हर्क साम्पाङसहित तीन क्षेत्रमा विजय


793
Shares

काठमाडौं ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा तीन सिट जितेको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१, आरेन राई खोटाङ र ध्रुवराज राई भोजपुरबाट निर्वाचित भएका छन्।

सुनसरी–१ मा हर्क साम्पाङ ३५ हजार ७४१ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले २७ हजार २४९ मत ल्याइन् भने एमालेका टिकाराम तामाङले ६ हजार ४६३ मत पाए।

खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई १६ हजार ६१२ मतसहित विजयी भए। त्यहाँ एमालेका देवविक्रम राईले १२ हजार ७१४ र कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ मत प्राप्त गरे।

भोजपुरमा ध्रुवराज राई १६ हजार ६६३ मतसहित निर्वाचित भए। उनले एमालेका शेरधन राईलाई पराजित गरेका हुन् । शेरधनले १४ हजार ७५० मत ल्याए भने कांग्रेसका बालकृष्ण थापाले ८ हजार ६७० मत प्राप्त गरे। समानुपातिकतर्फ पनि ४२ लाखभन्दा बढी मत गणना हुँदा श्रम संस्कृति पार्टीले ९७ हजार ६६० मत प्राप्त गरेको छ।