Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


‎बाजुरामा कांग्रेका जनकराज गिरी विजय


169
Shares

बाजुरा । फागुन २१ गते सम्पन्न भएका प्रतिनिधी सभा सदस्य निर्वाचनबाट नेपाली काँग्रेसका उम्मेदवार जनकराज गिरी विजयी भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई पराजित गर्दै विजयी भएका हुन् । गिरीले १७ हजार १७३ मत ल्याउनु भएको छ । भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमाले लालबहादुर थापाले १६ हजार ६३३ मत ल्याएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ६ हजार ३५, नेपाली कम्युनिष्ट पार्टीका प्रकाश बहादुर शाहले तीन ४२८ मत प्राप्त गरेको बताएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका केशर बहदाु शाहीले ३५२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का भुपेन्द्र वि.क.ले ३३३ प्रगतिशिल लोकतान्त्रिक पार्टीका दिपक डिसीले ९७ मत र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले ७२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए ।

‎कुल ८७ हजार ८६१ मतदाता रहेको यहाँ ४५ हजार ३९० मत खसेको थियो । खसेको मतको ५१ दशमलव ६६ प्रतिशत रहेको छ । खसेको मतगणना गर्दा ४३ हजार ८९६ मत सदर र एक हजार ३४६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।