वीरबहादुर बम,मुगु ।
मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग बहादुर शाही विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पुर्ण बहादुर रोकाया लाई ११९६ मतले पछि पार्दै विजयी भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले ७ हजार ९ सय २४ मतसहित विजयी हुँदा रोकायाले ६ हजार ७ सय १८ मत पाएका छन् ।
तेस्रो भएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार चन्द्र बहादुर शाहीले ५ हजार ५ सय ५८ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन टमटाले ५ सय ३० मतसहित चौथो भएका छन् ।
मुगुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बल बहादुर मल्लले २ सय ३ नेकपा माओवादीका उम्मेदवार रंग बिर परियारले २८० पाएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन मल्लले २२ मत ल्याएका छन् ।
यसैबीच मुगुमा ३६ हजार ३१ मतदाता मध्ये २२ हजार ७१ मत खसेको थियो । जसमा ८ सय ४६ मत बदर भएका छ्न ।







प्रतिक्रिया दिनुहोस्