Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


ललितुपर-२ बाट रास्वपाका उम्मेदवार जगदीश खरेल भारी मतका साथ विजयी

कांग्रेस र एमालेका उम्मेदवारकाे लज्जास्पद हार

416
Shares

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितुपर-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल भारी मतका साथ निर्वाचित हुनुभएकाे छ।

ललितपुर- २ की निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीले आइतबार खरेल ३९ हजार ९ सय ४१ मत प्राप्त गर्दै निर्वाचित भएकाे बताउनुभएकाे हाे । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४ सय २० मत प्राप्त गर्नुभयाे । त्यस्तै, उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तण्डुकारले ५ हजार ५ सय ४७ र नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ४ हजार ५ सय ३६ प्राप्त गरेका छन् ।

कूल ८९ हजार ८२ मतदाता रहेको ललितपुर–२ मा ३१ हजार ३५ महिला र ३० हजार ९ सय ४० पुरुष गरी ६१ हजार ९ सय ७५ मतदान गरेका थिए । साेही क्षेत्रमा राजनीतिक दलबाट र स्वतन्त्रसमेत गरी २३ जना उम्मेदवार रहेकाे निर्वाचन अधिकृत पुडासैनीले बताउनुभयाे ।