Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


जाँचबुझ आयोगका पदाधिकारी प्रधानमन्त्री कार्की समक्ष प्रतिवेदन बुझाउन सिंहदरबार पुगे


494
Shares

काठमाडौं । जेनजी प्रदर्शनकाे बारेमा जाँचबुझ गर्न गठित आयोगका पदाधिकारीहरु प्रतिवेदन बुझाउन सिंहदरबार पुगेका छन् ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन लागेको हो । गत असोज ५ मा सरकारले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनकाे बारेमा जाँचबुझ गर्न आयोग गठन गरेको थियो ।

आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानून व्यवसायी विश्वेश्वर भण्डारी सदस्य रहेका छन् ।