Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


सिरहा-३ बाट रास्वपाका शम्भुकुमार यादव विजायी


117
Shares

राम बाबु यादव-संवाददाता

सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिरहा-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शम्भुकुमार यादव विजयी हुनुभएकाे छ।

अन्तिम मतपरिणाम अनुसार ३२ हजार २ सय ४९ मत प्राप्त गर्दै यादव विजयी हुनुभएकाे हाे । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लिलानाथ श्रेष्ठले १० हजार १ सय ५६ ल्याउदा नेकपाका विश्वनाथ साहले ९ हजार ९ सय ४२ र नेपाली काँग्रेसका शुभाषचन्द्र यादवले ९ हजार ८ सय ७९ मत प्राप्त गरेको सिरहा जिल्लाका मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीले जानकारी दिनुभयाे।

कूल १ लाख १९ हजार २ सय ५० मतदाता रहेकोमा ७६ हजार ४ सय ३० मतदान भएको थियो। यसक्षेत्रबाट १२ दलसहित ४१ जनाले उम्मेवारी दिएका थिए।