Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


काभ्रेका २ वटै निर्वाचन क्षेत्रबाट रास्वपाका चौलागाईं र भण्डारी भारी मतका साथ विजयी

एमाले र कांग्रेसका उम्मेदवारकाे लज्जास्तपद हार

260
Shares

काभ्रेपलाञ्चोक। प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मधुकुमार चौलागाईं विजयी हुनुभएको छ ।

चौलागाईं आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गुणराज मुक्तानलाई १० हजार ४ सय ६२ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । चौलागाईंले २९ हजार ६ सय १८ मत प्राप्त गर्दा मुक्तानले १९ हजार १ सय ६६ मत प्राप्त गर्नुभएकाे छ। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दिननाथ गौतमले १४ हजार १ सय ८४, नेकपा एमालेका अमि तामाङले १३ हजार ८ सय १४ मत प्राप्त गर्दै पराजय बेहाेरेका हुन् ।

साथै काभ्रे-२ मा पनि रास्वपाका बदन कुमार भण्डारी विजयी हुनुभएकाे छ । भण्डारी ५३ हजार ३ सय ४४ मत प्राप्त गर्दै विजयी हुनुभएकाे हाे । भण्डारीका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यले १७ हजार ८ सय ६८ मत प्राप्त गर्दै पराजित हुनुभएकाे छ । विगतका निर्वाचनमा काभ्रेपलाञ्चोकका दुवै निर्वाचन क्षेत्रमा एमाले र कांग्रेसले बढी मात्रमा एक छत्र राज गर्दै आएका थिए । तर यस निर्वाचनले दुवै पार्टीलाई रास्वपाले तहसनहस बनाएकाे छ ।