Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


कपिलवस्तु-१ बाट रास्वपाका मोहन आचार्य भारी मतका साथ विजयी


182
Shares

सुशील गैरे-संवाददाता

कपिलवस्तु । कपिलवस्तु-१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मोहन आचार्य भारी मतान्तरले विजयी हुनुभएकाे छ।

आचार्य ३४ हजार १ सय ४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई १८ हजार २ सय ८८ मतको फराकिलो अन्तरले पराजिग गर्दै विजयी हुनुभएकाे हाे । शर्माले १५ हजार ८ सय ६० मत प्राप्त गर्नुभएकाे छ।

त्यस्तै , नेपाली कांग्रेसका उम्मेदवार अतहर कमालले १४ हजार १ सय ८२ मत र नेकपा एमालेका उम्मेदवार विश्राम प्रसाद थारुले ७ हजार ९ सय ८१ मत ल्याएका छन् ।