Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


सोलुखुम्बुबाट कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्की विजयी


481
Shares

काठमाडाैं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा सोलुखुम्बुबाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्की निर्वाचित हुनुभएकाे छ।

मतगणनाको अन्तिम परिणाम अनुसार कार्कीले १३ हजार १ सय ६६ मत प्राप्त गर्दै विजयी हुनुभएकाे हाे। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार असिम राईले ९ हजार ४ सय १४ मत प्राप्त गर्नुभएकाे छ । कांग्रेसका कार्कीले निकटतम प्रतिस्पर्धी नेकपाका राईलाई ३ हजार ७ सय ५२ मतान्तरले पछि पार्दै विजय हासिल गर्नुभयाे ।

त्यस्तै. नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार कल्पना राईले ८ हजार २ सय २८ मत प्राप्त गर्नुभएकाे छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ऋषिधन राईले ३ हजार ६ सय ४२ मत प्राप्त गर्नुभयाे । श्रम संस्कृति पार्टीका विएस राईले ३ हजार ३ सय ६३ मत प्राप्त गर्नुभएकाे छ।

उज्यालो नेपाल पार्टीका पेम्बा छिरी शेर्पाले २ सय ७८, जनता समाजवादी पार्टी नेपालका लाक्पा शेर्पाले २ सय ३, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र बस्नेतले १ सय ५७ र आम जनता पार्टीका गुणराज भट्टराईले ४१ मत प्राप्त गर्दै पराजित भएका छन् ।