Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


देशका ६ प्रदेशमा आज दिउँसाेदेखि मेघगर्जन-चट्यांगसहितकाे भारी हिमपात र वर्षा हुँदै


3.5k
Shares

काठमाडाैं । हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

आइतबार बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी-हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी भू-भागमा भने आंशिक बादल लागेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

त्यस्तै, आइतबार दिउँसो भने देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे। देशको बाँकी भू-भागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी-हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।

त्यस्तै, आइतबार राति भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी- हिमाली भू-भामामा साधरणतया बादल लाग्ने भएकाे छ। कोशी, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी-हिमाली-तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।