Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


मुगुमा मतगणना अपडेट : नेकपा ऐमालेको अग्रता कायमै


0
Shares

वीरबहादुर बम, मुगु ।
मुगुमा शनिबार दिउँसो ४ बजे देखि मत गणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अधिकृत मीनबहादुर कुँवरले बिहीबार निर्वाचनको मत गणना शनिबार ४:०० बजेबाट सुरु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार एक पालिकाको एक वडाको मत एक साथ गणना सुरु गरिएको हो । सर्वदलीय बैठकको निर्णय अनुसार मुगुमकार्मारोङ गाउँपालिका-१, डोल्पु गाउँमा रहेको मतदान केन्द्रबाट मत गन्न  सुरु गरिएको छ ।

जिल्लामा ६०.९२ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल ३६ हजार १९  मतदाता रहेकामा जिल्लामा महिला मतदाता ११ हजार ५७० र पुरुष मतदाता १० हजार ५०७ गरी २२ हजार ३५२ जनाले मतदान गरेका छन् । 

हालसम्मको प्राप्त नतिजा अनुसार मुगुम कार्मारोग गाउँपालिकाको सबै वडा को मतगणना सकियको छ जसमा वडा- १,२,३,४,५,६,७,८,९ सम्मको मतगणनामा २ हजार ५ सय पचपन्न जम्मा मतपत्र मतगणना गरिसक्दा नेकपा एमालेका उम्मेदवार पुर्णबहादुर रोकायाको अग्रता कायम छ ९:३० बजेसम्मको अपडेट अनुसार उनले १३ सय ७ मत प्राप्त गर्नुभएको छ ।

दोस्रो मा नेपाली काग्रेसका उम्मेदवार खडक बहादुर शाहिले ८सय ९० मत ल्यायर पछि छन भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार चन्द्रबहादुर शाहि २२४ मत प्राप्त गर्नु भयको छ को बाँकी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन टमटा ले १२ राष्ट्रिय प्रजातन्त्र पार्टी का बलबहादुर मल्लले ४० मत प्राप्त गर्नु भयको छ ।

नेकपा माओवादी केन्द्र गुलाफ चिन्ह रगबिर परियारले १८,उज्यालो नेपाल पार्टीले खाता खोल्न समेत गाह्राे भएको अवस्था छ बदर मत ५७ र जम्मा गणना २५५५ रहेको छ।