धादिङ । धादिङ क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बोधनारायण श्रेष्ठ ५ हजार ८ सय ६५ मतान्तरले विजयी भएका छन् ।
प्राप्त मतपरिणाम अनुसार श्रेष्ठले २६ हजार १४३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश प्रसाद धमलाले २० हजार २७७ मत प्राप्त गरे । त्यसैगरी नेकपा एमालेका धनबहादुर घलेले १० हजार ८४ मत ल्याएका छन् ।
यद्यपि निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक नतिजा भने सार्वजनिक गर्न बाँकी रहेको छ ।







प्रतिक्रिया दिनुहोस्