Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


कैलाली ३ मा रास्वपाका जगतप्रसाद जोशी विजयी


156
Shares

कैलाली । प्रतिनिधिसभा कैलाली क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी विजयी हुनुभएको छ । जोशीले २० हजार ३५९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

जोशीका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार बिरमान चौधरीले ११ हजार ९८३ मत प्राप्त गर्नुभएको छ । २०६४ सालमा संविधान सभाको सदस्य निर्वाचित हुनुभएका चौधरी २०७४ सालको सुदूरपश्चिम प्रदेश सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ (क) बाट तत्कालिन नेकपा (माओबादी) बाट चुनाव जित्नु भएको थियो ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार भिमबडुवालले नौहजार ७१० मत पाउनुभएको छ । त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार गौरीशंकर चौधरीले चार हजार ७५२ मत पाउनुभएको छ ।

दुई पटक प्रतिनिधि सभा र एकपटक संविधान सभा निर्वाचनमा उम्मेदवार बन्नु भएका चौधरीको प्रतिनिधि सभामा यो दोस्रो पराजय हो ।