Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


सिन्धुलीको दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी


0
Shares

बुद्ध नेपाली, सिन्धुली । सिन्धुलीको दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रतिनिधिसभा सदस्यमा निर्वाचन हुनुभएको छ ।

सिन्धुलीको क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारका धनेन्द्र कार्की र क्षेत्र नम्बर २ बाट आसिस गजुरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

सिन्धुलीको क्षेत्र नम्बर १ मा कार्कीले निकटनम प्रतिद्धन्दी नेकपा एमालेका प्रदिप कटुवाललाई ७८४ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । कार्कीले कुल १६ हजार ६५९ मत प्राप्त गरेर निर्वाचित हुनुभएको क्षेत्र नम्बर एकको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्कीका निकटतम प्रचिद्धन्दी नेकपा एमालेका प्रदिप कटुवालले १५ हजार ८७५ मत प्राप्त गर्नुभएको क्षेत्र नम्बर एकका निर्वाचन अधिकृत मिना घिमिरेले बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीको सिन्धुली २ का उम्मेदवार आसिस गजुरेलले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ दाहाल (राजन) लाई ३ हजार १५८ मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो ।
गजुरेलले कुल १७ हजार ९४० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ दाहाल (राजन) ले १४ हजार ७८० मत प्राप्त गर्नुभएको क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले बताउनुभयो ।

क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार उज्जवल बरालले १५ हजार ५७० मत प्राप्त गर्नुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका डेकेन्द्र प्रसाद सुवेदीले ४ हजार ७०८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार श्रम संस्कृति पार्टीका निम बहादुर मोक्तानले २ हजार ५९६, उज्यालो नेपाल पार्टीका मोति लाल तामाङले ७ सय ५५, राष्ट्रिय प्रजातन्त्र पार्टीका राम नारायण अधिकारीले ५१० र राष्ट्रिय परिवर्तन पार्टीका सन्तोष कुमार सुनुवारले २२३ मत प्राप्त गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का सुशिल हमालले १६७, मंगोल नेशनल अर्गनाइजेसनका सोम बहादुर घलानले १६१, नेपाल मजदुर किसान पार्टीका राजेन्द्र बखुन्छेले २९ र स्वतन्त्र उम्मेदवार अमृत बहादुर विश्वकर्माले २७ मत प्राप्त गनुभएको निर्वाचन अधिकृत मिना घिमिरेले बताउनुभयो । क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार मनोज जंग थापाले १ हजार ६०६ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका सुशिला थिङले ६ हजार ७६०, स्वतन्त्र उम्मेदवार महेश्वर दाहालले ५८६, श्रम संस्कृति पार्टीका इन्द्र बहादुर वि.कले ४७१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत विष्टका अनुसार स्वतन्त्र उम्मेदवार खड्ग बहादुर वाईवाले ४५८, मंगोल नेशनल अर्गनाइजेसनका शान्त वीर लामाले ४३२, राष्ट्रिय प्रजातन्त्र पार्टीका मुकुन्द प्रसाद गजुरेल २४९, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का बतर््ये बहादुर राईले १६३ प्राप्त गर्नुभएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीका निर्मल कुमार स्याङतान १०४, नेपाल मजदुर किसान पार्टीका रामेश्वरी कोजु ३३, स्वतन्त्र उम्मेदवार माधव प्रसाद न्यौपाने २५, स्वतन्त्र सरोज बि.क २२, नर हरी पौडेल २०, मितेरी पार्टी नेपालका राजन अछामी १२ प्राप्त गर्नुभएको छ ।