Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


डोटीमा कांग्रेसका उम्मेदवार भरत खड्का विजयी

एमालेका उम्मेदवार दीपक धामी पराजित

780
Shares

विमल विष्ट-संवाददाता

डोटी । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत डोटीमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का विजयी हुनुभएको छ ।

काग्रेसका उम्मेदवार खड्काले १४ हजार ८ सय ९७ मत प्राप्त गरी विजयी हुनुभएको हाे । उहाँका निकटम प्रतिद्धन्द्धि नेकपा एमालेका उम्मेदवार दीपक धामीले १४ हजार १ सय १० मत प्राप्त गर्नुभएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र खड्काले १३ हजार २ सय ७०, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का त्रिलोचन भट्टले ५ हजार ४ सय १३ मत प्राप्त गर्नुभयाे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का खडगप्रसाद अग्रवालले ५ सय ९४, राष्ट्रिय जनमोर्चाका मणिराम भट्टले ४ सय १७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का प्रकाश कठायतले ३ सय ९२, मितेरी पार्टी नेपालका सरस्वतीकुमारी पालले ४३ तथा नेपाल मज्दुर किसान पार्टीका खगेन्द्रबहादुर शाहीले ३२ मत प्राप्त गर्नुभएको छ ।

डोटीमा कुल मतदाता संख्या १ लाख २८ हजार ३ सय ९९ रहेका छन् । डोटीमा ५२ हजार १ सय ४२ मत खसेकोे र २ हजार ९ सय ७४ मत बदर भएर कूल जम्मा ४९ हजार १ सय ६८ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको हाे ।