काठमाडौं । बझाङबाट नेकपा एमालेका युवा नेता ऐनबहादुर महर प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएकाे छ।
उहाँले १८ हजार ५ सय ४३ मत ल्याउनुभएकाे छ । महराका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले १६ हजार ३ सय ४ मत ल्याउनुभएकाे हाे। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले ९ हजार ७ सय ५७ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेसकुमार सिंहले ९ हजार २ सय ६३ मत प्राप्त गरेका छन् ।







प्रतिक्रिया दिनुहोस्