Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


कास्की-३ बाट रास्वपाकी उम्मरेदवार बिना गुरूङ विजयी

कांग्रेस उम्मेदवार गुरुङ २५ हजारको विशाल मतान्तरले पराजित

182
Shares

काठमाडाैं । गण्डकी प्रदेशबाट प्रतिनिधिसभा सदस्य निर्वाचमा कास्की-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी हुनुभएकाे छ।

समाजसेवा र व्यवसायको पृष्ठभूमिबाट राजनीतिमा होमिएकी बिना कास्की-३ बाट भारी मतका साथ विजयी हुनुभएकाे हाे ।मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार बिनाले ३७ हजार ७ सय ५० मत प्राप्त गर्नुभएकाे छ । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई करिब २५ हजारको विशाल मतान्तरले पराजित गर्नुभएकाे हाे।

पराजित भएका गुरुङले १२ हजार ७ सय ८० मत मात्रै प्राप्त गर्नुभएकाे छ ।