Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


काठमाडाैं- ६ मा रास्वपाका शिशिर खनाल विजयी


312
Shares

काठमाडौं । रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ ।

खनाल २७ हजार ७११ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत पाउँदा राप्रपाका उद्धवराज भेटुवालले २९० मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका हेमलाल शर्मा ९हिमाल शर्मा० २३१ मतमा सीमित भएका छन् ।