रुकुम पूर्व । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको वडा नं. १ देखि ४ सम्मका केही मतदान केन्द्रमा मचुल्का (मतदाता गणना विवरण) भन्दा ३ मत बढी भेटिएपछि मत गणना कार्य स्थगित गरिएको छ।
मत गणनाको क्रममा कागजात र मतपत्र संख्या नमिलेपछि सर्वदलीय छलफलपछि प्रक्रिया रोकिएको हो।
निर्वाचन अधिकृतका अनुसार समस्या समाधानका लागि सम्बन्धित पक्षबीच छलफल भइरहेको छ। सहमति भएपछि मात्र पुनः मत गणना सुरु गरिने जनाइएको छ।







प्रतिक्रिया दिनुहोस्