सागर न्यौपाने, स्याङ्जा ।
स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना आज दिउँसो ३ बजेदेखि सुरु गर्ने सर्वदलीय सहमति भएको छ ।
मतगणना सुरु गर्ने विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले दिउँसो ३ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले आवश्यक प्रक्रिया पूरा गर्दै मतगणना अघि बढाउन सहमति जनाएका हुन् ।
निर्वाचन सम्पन्न भएसँगै संकलित मतपेटिकाहरू सुरक्षित रूपमा राखिएको र आवश्यक तयारी पूरा भइसकेकाले तोकिएको समयदेखि मतगणना प्रक्रिया सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
स्याङ्जामा प्रतिनिधिसभाका दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । क्षेत्र नम्बर १ को मतगणना भने यसअघि नै सुरु भइसकेको छ भने क्षेत्र नम्बर २ को मतगणना सर्वदलीय सहमतिपछि आज दिउँसोबाट सुरु हुने भएको हो ।







प्रतिक्रिया दिनुहोस्