तुलसीप्रसाद कोइराला-संवाददाता
उदयपुर । उदयपुर-१ को त्रियुगा मावि गाईघाटमा मतगणना जारी रहेकाे छ।
मुख्य निर्वाचन अधिकृत मुकेस उपाध्ययले मतपेटिका ढुवानी लगायतका काम बिहीबार राति १२ बजेसम्म सकिएको बताउनुभएकाे हाे । सर्वदलीय बैठक बसेर ३ बजेबाट मत गणना शुरू गरिएको बताउनुभयाे। उदयपुर-१ मा एकलाख ४२ हजार ८ सय ४ कुल मतदाता मध्ये ८० हजार ५९ मत खसेको छ ।
उदयपुर-१ को त्रियुगा मावि गाईघाट र क्षेत्र नम्बर २ को उदयश्री क्याम्पस कटारीमा मतगणना स्थल तोकिएको हाे । उदयपुर-२ को भने शुक्रबार बिहानसम्म मतपेटिका आईसक्ने र बिहान १० बजेदेखि गणना शुरू गर्ने तयारी रहेकाे मुख्य निर्वाचन अधिकृत उपाध्ययले बताउनुभयाे ।







प्रतिक्रिया दिनुहोस्